काठमाडौं, कात्तिक ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगबारे अझैपनि दलहरु स्पस्ट हुन सकेका छैनन् ।
विहीबार राजधानीमा आयोजित साक्षात्कारमा नेपाली कांग्रेस नेता दीपक अर्यालले महाअभियोग समितिको गठनमाथि नै प्रश्न उठेको टिप्पणी गर्दै कांग्रेस अहिले पर्ख र हेरको नीतिमा रहेको बताए ।
उनले कांग्रेसले न्यायलाई प्रभाव पार्ने गरी निर्णय नलिने बताए ।
महाअभियोग सिफारिस समितिका सदस्य एवं राप्रपा नेपालका नेता दिलनाथ गिरीले महाअभियोगको प्रस्ताव यतिखेर अनुसन्धानको विषय बनेको बताए ।
राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले भने महाअभियोगको विषयले संविधान संशोधन, भूकम्पपीडितलाई राहतजस्ता विषयलाई ओझेलमा पारेको भन्दै चिन्ता व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्