फाइल फोटो
पर्सा, कात्तिक ११ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावबारे तीन दलबीच गराएको छलफल स्वागतयोग्य भएको बताएका छन् ।
पत्रकार मञ्च पर्साले विहीबार पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘देशको सबैभन्दा जटिल र गम्भीर मुद्दा समाधान गर्न प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतालाई एकठाउँमा राखी गराएको छलफललाई मधेसी मोर्चाले सकारात्मकरुपमा लिएको छ ।’
अध्यक्ष महतोले प्रधानमन्त्रीको यो कदम स्वागतयोग्य भएपनि वार्ता र छलफलमात्र गराएर समस्या समाधान नहुने भएकाले छठपर्वअगाडि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगराइए सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने बताउँदै संविधान संशोधनमार्फत् मधेसको मुद्दा सम्बोधन गर्नुको कुनै विकल्प नभएको विचार व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्