काठमाडौं, कात्तिक ११ । उद्योग मन्त्रालयले बन्द रहेका थप तीनओटा सरकारी उद्योग पुनः सन्चालनमा आउने जनाएको छ ।
हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र वीरजन्ज चिनी कारखाना सन्चालनमा ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।
हेटौंडा कपडा उद्योग सरकार, सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त लगानीमा सन्चालन हुने उद्योगमन्त्री नवीन्द्रराज जोशीले विहीबार सो मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताए ।
यस्तै, बुटवल धागो कारखाना र वीरगन्ज निजी कारखाना खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सन्चालन गर्न दिने तयारी भइरहेको मन्त्री जोशीले बताए ।
उद्योग मन्त्रालयले यसअघि नेपाल औषधि लिमिटेड सन्चालनको तयारी गरिसकेको छ । यी उद्योग सन्चालनका लागि सरकारले छिट्टै आह्वान गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्री जोशीले औद्योगिक क्षेत्रमा उद्योगमात्रै सन्चालन गर्न दिने गरी तयारी भइरहेको पनि बताए ।





प्रतिक्रिया दिनुहोस्