इलाम, कात्तिक १२ । मेची अञ्चलकै सबैभन्दा अग्लो इलामको माइमझुवास्थित टोड्के झरनासम्म पुग्ने सडक नहुँदा पर्यटकलाई समस्या परेको छ ।
पर्यटकीय स्थल टोड्के झरनासम्म मोटरबाटो पुर्याउने स्थानीयको प्रयाससमेत सफल हुन सकेको छैन । इलाम सदरमुकामबाट करिव २५ किलोमिटर उत्तरमा पर्ने यो झरनासम्म पुग्न पैदलै हिँड्नुपर्ने बाध्यता छ ।
२ सय ८० फिट उचाइको यो झरना अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । यो झरनालाई व्यवस्थित पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिए स्थानीयको जीवनस्तरमा समेत सुधार हुने सरोकारवालाहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्