Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


लिभरपुल इङ्गलिश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा


0
Shares

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इङ्गलिश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।

गएराती भएको खेलमा लिभरपुलले टोटनह्यमलाई २–१ ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले पहिलो गोल गर्दा टोटनह्यामकै टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरे ।

पराजित टोलीका लागि लुकास मौराले एक गोल फर्काएका थिए ।

गएराती नैं भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्‍यो   ।

प्रतिस्पर्धात्मक खेदलमा चेल्सीका लागि रुबेन लोफ्टस चिकले ईन्जुरी समयमा निर्णायक गोल गरे ।

यसअघि कार्डिफका भिक्टर कामारासाले पहिलो गोल गरेका थिएभने चेल्सीका सिजर अज्पीलीक्वेटाले बराबरी गोल गरेका थिए ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७७ अंकसहित दोस्रो स्थानमा झरेको छ ।