काठमाडौं, कात्तिक १२ । राप्रपा नेपालका उपाध्यक्ष निरञ्जन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आएको महाभियोग प्रस्तावमा पार्टीको केन्द्रीय समिति बैठक बसेर उचित समयमा निर्णय लिने बताएका छन् ।
पार्टीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले सो विषयमा अहिलेसम्म निर्णय नलिएको बताउँदै ‘आफ्नो पार्टी निर्णायक नरहेकाले पनि निर्णय लिन हतार नगरिएको हो’–भने ।
संविधानको नयाँ प्रयोगकारुपमा सो विषय आएको र सो प्रस्ताव किनारा लगाउन महाभियोग सिफारिस समिति बनिसकेकाले त्यसलाई प्रभावित गर्ने गरी आफ्नो दलले तत्काल निर्णय नगर्ने बताए ।
सोही कार्यक्रममा पार्टीले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्