Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘एमाले पनि संविधान संशोधनप्रति नकारात्मक छैन’


0
Shares

                                                                              फाइल फोटो
जनकपुरधाम, कात्तिक १२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबैपक्ष गम्भीर हुनु आवश्यक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘नेकपा एमाले पनि संशोधनप्रति नकारात्मक छैन ।’

महामन्त्री कोइरालाले संविधान अत्यन्त राम्रो भएपनि परिमार्जनको आवश्यकता छ भन्दै नेपाली जनताको अभिप्रायअनुरूप संशोधन प्रक्रिया छिटोभन्दा छिटो सुरू गर्नुपर्ने धारणा राखे ।

संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्ै टक्काजस्ता विचारलाई त्याग्नु जरूरी भएको बताउँदै उनले दुईओटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलनबिन्दू खोज्नसमेत मधेसी मोर्चासँग आग्रह गरे ।

एक प्रश्नको जवाफमा महामन्त्री कोइरालाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारेपनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र होइन’–भने ।

लोकमानलाई दिइएको अधिकार संशयको विषय हो भन्दै उनले महाभियोगको प्रस्तावले उत्पन्न तरंगमा सबैलाई संवेदनशील हुनु आवश्यक भएको धारणा राखे ।

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन गराउनुभन्दा पूर्व नै प्रान्तको संरचना प्रस्ट हुनुपर्नेमा जोड दिँदै ‘स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तुत् संख्या सन्दर्भमा गहन छलफलको आवश्यकता रहेको छ’–भने । रासस

Skip This