केशव भण्डारी (इमेज)
बुटवल, कात्तिक १२ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले स्थानीय निकायको पुनर्संरचनाअघि नै निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् ।
नेपाल प्रेस युनियन, रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले नयाँ संरचनापछि निर्वाचनमा जाँदा मुलुकमा अस्थिरता आउने र निर्वाचन नै हुन नसक्ने खतरा रहेको दाबी गरे ।
लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा कांग्रेस ‘न्यायाधीश’ भएको भन्दै महतले कार्की दोषी भए विधि–प्रक्रियाअनुसार महाअभियोग प्रस्ताव पारित गरी कारबाही हुने दाबीसमेत गरे ।









प्रतिक्रिया दिनुहोस्