काठमाडौं, कात्तिक १२ । तिहारको अवसरमा नेकपा एमाले जिल्ला कमिटी ललितपुरले शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले एमालेसँग देश बनाउने दृष्टिकोण रहेको भन्दै एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
सो अवसरमा मदन भण्डारी स्मृति भवन निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान पनि गरिएको थियो ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्