Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


उद्योग वाणिज्य महासंघको चियापानमा प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म


0
Shares

काठमाडौं, कात्तिक १२ । नेपाल उद्योग वाणिज्य महासंघले तिहार, छठ, नेपाल सम्बतलगायत चाडपर्वको अवसर पारेर शुक्रबार राजधानीमा चियापानको आयोजना गरेको छ ।

पहिलोपटक महासंघले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मन्त्रीहरु अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, जनादर्न शर्मा, प्रधानसेनापति राजेन्द्र क्षेत्री, सांसद, उद्योगी–व्यवसायी एवं सरकारी उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

सो अवसरमा महासंघका अध्यक्ष पशुपति मुरारकाले आर्थिक समृद्धिको लागि संविधान जारी गरिएको भन्दै सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समयमा निजी क्षेत्रमुखी केही ऐन पारित हुनु स्वागतयोग्य रहेको भन्दै आर्थिक एजेन्डालाई नै मिलेर प्राथमिकता दिनुपर्ने बताए ।