Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सवारी दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

धनकुटा, कात्तिक १३ । शुक्रबार राति धनकुटाको छिन्ताङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनकुटाको मूलघाटवाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २७२२ नम्बरको महेन्द्र पिकअप ब्रेक फेल भई छिन्ताङ गाविस वडा नं. ८ सिम्ले भन्ज्याङमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्युको हो ।

मृत्यु हुनेमा भोजपुर होम्ताङका प्रितिमान राई र धरान उपमहानगरपालिका वडा नं. १ शिखर टोलकी सुशिला सुशिला श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

गाडीमा ५ जना यात्रु थिए । गाडी सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो ।

घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनापश्चात सवारी चालक फरार भएका छन् ।