Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाअभियोगको निर्णय संसदीय दलले गर्छ : महत


0
Shares

                                                                  फाइल फोटो

चितवन, कात्तिक १३ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुंगो लगाउने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतासमेत रहेका डा. महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुंगो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताए ।

न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उनले यसको टुंगो लाग्दै गर्दा कांग्रेसले पनि निर्णय लिने उल्लेख गरे ।

नेपाली कांग्रेस परिपक्व पार्टी भएको भन्दै उनले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताए ।

फरक प्रसंगमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि–सम्झौता नहुने बताए ।

कार्यकारी तहबाट सहमति–सम्झौता हुने भन्दै उनले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पस्ट पारे ।

हालैमात्र भारतमा भएको दुई देशको बैठकमा नेपालका पक्षबाट महत्वपूर्ण प्रस्ताव पेस भएको भन्दै उनले भारत जान साथै के–के न दिन्छन् भन्ने भ्रमलाई चिर्दै यसपटकको बैठकमा नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको बताए । रासस

Skip This