Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आइपिएलमा हैदरावादको कीर्तिमानी प्रदर्शन, २३२ रनको लक्ष्य पछ्याउँदै बैंगलोर


0
Shares

हैदरावाद, चैत १७ । भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सनराइजर्स हैदराबादले घरेलु मैदानमा कीर्तिमानी प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरलाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै २ विकेटको क्षतिमा २३१ रन बनायो । हैदराबादले जारी सिजनमा सबैभन्दा बढी रन बनाउने कीर्तिमानसमेत बनाएको छ ।

आइपिएलको ओभरअल उच्च स्कोर भने सन् २०१३ मा बैंगलोरले २६३ रन बनाएको थियो ।

हैदराबादले पहिलो विकेटका लागि अहिलेसम्मकै सर्वाधिक १८५ रन बनाएको छ । जोनी बेयरस्ट्रले ५६ बलमा ११४ तथा डेभिड वार्नरले ५५ बलमा अविजित रहँदै १०० रन बनाए । हैदरावादले यसअघिका दुईमध्ये एक खेलमा जित हासिल गरेको छ भने विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दुवै खेल हारेको छ ।