भक्तपुर, कात्तिक १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछिको तीन महिना बिनाकुनै उपलब्धि बितेको बताएका छन् ।
एमालेले आइतबार भक्तपुरमा गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछिको तीन महिनामा मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए ।
आफ्नो नेतृत्वको सरकारले अनेकौ चुनौतीबीच मुलुकलाई विकासको बाटोमा अघि बढाउन प्रयत्न गरेको भन्दै उनले अहिलेको सरकारसँग त्यस्तो कुनै योजना नभएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्