Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मधेसी, थारुका माग सम्बोधन गरेरै संविधान संशोधन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी, थारुलगायतका समुदायका मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी भईरहेको बताएका छन् ।

नेपाल सम्वतको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर विभिन्न समूहका माग सम्बोधन गर्ने बताए ।

सो अवसरमा उनले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिन र शंखधर शाख्वाको नाममा संग्रहालय बनाउन लागि पनि आफूले पहल गर्ने बताए ।

कार्यक्रम अघि नेवार समुदायले राजधानीका विभिन्न स्थानबाट निकालेका ¥यालीहरु बसन्तपुर पुगेका थिए ।

Skip This