Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गरियोस् : नयाँ शक्ति


0
Shares

काठमाडौं, कात्तिक १५ । नयाँ शक्ति नेपालले संविधान संशोधनमार्फत् संविधाको स्वीकार्यता विस्तार गर्नेक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्णसमानुपातिक संसदको प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो ।

शुभदीपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा–व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।

नेपाल सम्वत् ११३७ को शुभकामना : वैद्य
यसैबीच, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाल संवत् ११३७ नयाँ वर्ष प्रारम्भ भएको सुखद् अवसरमा शुभकामना दिएका छन् ।

अध्यक्ष वैद्यले सोमबार शुभकामना सन्देश जारी गर्दै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना दिएका हुन् । रासस

 

Skip This