Logo ९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026


७६२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाबाट डेढ सय घर विस्थापित हुने


0
Shares

पाँचथर, कात्तिक १६ । ७६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर-परिवार विस्थापित हुने भएका छन् ।

पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ ।

परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।

यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत् परियोजनाको विद्युत्गह तथा कावेली ‘ए’ जलविद्युत् परियोजना पनि डुबानमा पर्नेछन् ।

तमोर जलशाययुक्त जलविद्युत् परियोजना सरोकार समितिका संयोजक तथा पूर्वसांसद वसन्तकुमार नेम्वाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्‍याइनेछ ।

परियोजनाबाट प्रभावित हुनसक्ने घर–परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत् विवरण सर्भेक्षणपछिमात्रै आउने नेम्वाङले बताए । रासस