Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


भारतीय राष्ट्रपतिको भ्रमणः यसरी सिंगारियो काठमाडौं (भिडियोसहित)


0
Shares

काठमाडौं, कात्तिक १६ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने नेपाल भ्रमणलाई भव्य बनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडकको स्तरोन्नति गर्नुका साथै ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

विशेषगरी मुखर्जीले काठमाडौंमा रहँदा धेरै प्रयोग गर्ने राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, भद्रकाली, सहिदगेट, न्यूरोडगेट, जमल, लैनचौर, लाजिम्पाट, महाराजगन्जलगायतका क्षेत्रमा विभिन्न संस्थाले स्वागतद्वार निर्माण गरेका छन् ।

यस्तै, काठमाडौंका विभिन्न चोक–चोकमा नेपाल र भारतको राष्ट्रिय झन्डाहरु फहराइएको छ ।

छिमेकीमुलुक भारतबाट १८ वर्षपछि हुन लागेको राष्ट्रपति तहको यो भ्रमणलाई भव्य बनाउन काठमाडौंका विभिन्न स्थानमा बिग्रिएका सडक मर्मत गरिएको छ भने सडकमा मेटिएका सवारी संकेतलाई पुनःदुरुस्त पारिएको छ ।

काठमाडौं महानगरपालिकाले मुखर्जी आउने केही समयअघि काठमाडौंका सडकहरु पानीको फोहोराबाट सफा गर्ने तयारी गरेको बताइएको छ ।

भिडियो हेर्नुहोस्

Skip This