२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु


0
Shares

कलैया, कात्तिक १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाराको निजगढ–पथलैया सडकखन्डमा मंगलबार बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फूलगामा, महोत्तरीमा कार्यरत् सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बा१त ७७७७ नम्बरको मोटरसाइकलमा सवार भएर वीरगन्जतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना१त ६०३८ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकलचालक सशस्त्र प्रहरी जवान बस्नेतको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस