Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भारतीय राष्ट्रपतिको भ्रमणः महोत्तरीका सीमानाकामा उच्च सुरक्षा सतर्कता


0
Shares

महोत्तरी, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ ओटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

उनले भारत, बिहार राज्यको मधुवनी एवं सीतामढी जिल्लाको ३८ दशमलव ४७ किलोमिटर खुला सीमासँग जोडिएको महोत्तरीका १३ गाविसको सीमा क्षेत्रमा सघन चेकजाँच तथा शंकास्पद व्यक्तिमाथि उच्च निगरानीसमेत गर्न थालिएको बताए ।

नेपाल–भारत सीमा जोडिएका महोत्तरीका दक्षिणी क्षेत्रका मुख्य प्रवेशनाका मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, वथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता तथा शंकास्पद व्यक्तिमाथि कडा निगरानी थालिएको प्रहरीले जनाइएको छ । रासस