Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन, पसल बन्द हल्लामात्रै : प्रहरी


0
Shares

काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रस्ट पारे ।

उनले भने–‘सवारीका क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडककिनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन ।’

प्रवक्ता मल्लले सवारी चल्ने ‘रुट’का पसल, सटर बन्द गराइने भन्ने विषय पनि हल्लामात्रै भएको स्पस्ट पारे । रासस