
काठमाडौं, कात्तिक १७ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत् समारोह आयोजना गरे ।
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सन्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।
त्यसअघि, राष्ट्रपति मुखर्जीलाई राजदूत राय एवं दूतावासका कर्मचारीले स्वागत् गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्