२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


नेपाल–भारत सम्बन्धमा नयाँ इतिहास रच्नेबेला आयो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ इतिहास रच्नेबेला आएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘दुई देशबीचको सम्बन्धमा नयाँ सम्भावनाहरु पहिल्याउने समय आएको छ’–भने ।

दुई देशबीच सामूहिक समृद्धिको अथाह सम्भावना रहेको भन्दै उनले त्यसको पहिचान र कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी तहबाट प्रयास हुनुपर्नेमा जोड दिए ।

इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र समकालीन अध्ययन केन्द्रले आयोजना गरेको दुईदिने सो कार्यक्रमलाई भारतीय राष्ट्रपति मुखर्जीले विहीबार (भोलि) सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।