जनकपुर, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि जनकपुरमा भव्य तयारी भएको छ ।
मुखर्जी शुक्रबार ऐतिहासिक धार्मिक नगरी जनकपुर जाने कार्यक्रम छ ।
जनकपुर उपमहानगरपालिकाले ऐतिहासिक तिरहुतिया गाछीमा राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन कार्यक्रम राखेको छ । त्यसका लागि मञ्च निर्माणलगायतका काम अन्तिम चरणमा रहेको जनकपुर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए ।
करिव १ घण्टासम्म राष्ट्रपति मुखर्जी जनकपुरधाममा रहनेछन् । उनले जानकी मन्दिरमा पूजा गरेपछि तिरहुतिया गाछीमा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
उनी शुक्रबार नै पोखरा जाने कार्यक्रम छ । पोखराका विभिन्न कार्यक्रममा सहभागी भएर उनी सोही दिन साँझ स्वदेश फर्कने छन् ।










प्रतिक्रिया दिनुहोस्