२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


दोधारा-चाँदनीमा मनाइयो घोडेजात्रा


0
Shares

कञ्चनपुर, कात्तिक १८ । जुम्लाको सिंजामा मनाइँदै आएको घोडेजात्रा कञ्चनपुरको दोधारा–चाँदनीमा समेत मनाइएको छ ।

सबै जातजाती र समुदायले उल्लासपूर्णरुपमा यो जात्रा मनाएका हुन् । हरेक वर्ष भाईटिकाको दोस्रो दिन लाग्ने यो जात्रा औंसीको दिन जमिनमा खाडल खनेर भोसो जगाउने र चतुर्थीका दिन नदी किनारमा लगेर भोसो सेलाउने चलन रहँदै आएको छ ।

त्यसैगरी रातभर देउडा, पचेरी, लहेरी नाचलगायतका सांस्कृतिक कार्यक्रम गरी मनोरन्जन गर्ने गरिन्छ । जात्रा हेर्न स्थानीय तथा भारतको उत्तराखण्डबाटसमेत हजारौं मानिस आउने गर्दछन् ।