फिदिम, कात्तिक १८ । पाँचथरको तमोर नदीमा निर्माण गर्न लागिएको ७ सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण करिब डेढ सय घरपरिवार विस्थापित हुने खतरामा परेका छन् ।
आयोजनाबाट पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र तामाङ समुदायका घर परिवार विस्थापित हुने खतरामा परेका हुन् । परियोजनाका लागि नदीमा ड्याम निर्माण गरिएपछि ती बस्ती डुबानमा पर्नेछन् ।
योसँगै तल्लो हेवाँ र माथिल्लो हेवाँ जलविद्युत् परियोजनाको पावर हाउस तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने खतरा रहेको स्थानीयले बताएका छन् ।
तमोर जलशाययुक्त जलविद्युत् परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद बसन्तकुमार नेम्वाङले ड्याम निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्याइने जानकारी दिए । उनले परियोजनाबाट प्रभावित हुन सक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत परियोजनाबारेको विस्तृत विवरण सर्भेक्षणपछि मात्रै थाहा हुने बताए ।









प्रतिक्रिया दिनुहोस्