२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधि प्रदान


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई विहीबार काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयले राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एक विशेष दीक्षान्त समारोहको आयोजना गरी उनलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि पाउने भारतीय राष्ट्रपति मुखर्जी तेस्रो व्यक्ति हुन् । यसअघि विश्वविद्यालयले संस्कृतिविद् सत्यमोहन जोशी तथा भारतीय बुद्धिजीवी करण सिंहलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरिसकेको छ ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, सरकारका अरु मन्त्रीहरु, शिक्षा क्षेत्रसँग सम्बन्धित उच्चपदस्थ व्यक्तिहरुलगायतको सहभागिता रहेको थियो ।