Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको भाउ ४ सयले बढ्यो


0
Shares

काठमाडौं, कात्तिक १८ । विहीबार पनि सुनको भाउ उकालो लाग्नेक्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ४० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।