
काठमाडौं, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा संविधानको प्रभावकारी कार्यान्वयनका लागि भैरहेको प्रयासको स्वागत् गरेका छन् ।
विहीबार साँझ राजधानीमा इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्ध राम्रो दिशातर्फ बढिरहेको चर्चा गर्दै ‘दुई देशबीचको आपसी सहयोग र समझदारीलाई प्रबद्र्धन गर्न अझै धेरै काम गर्न बाँकी छ’–भने ।
आतंकवादको छायाँमा क्षेत्रीय सहयोग अघि बढ्न नसक्ने भन्दै उनले राज्यले प्रोत्साहन गर्ने अन्तरसीमा आतंकवादलाई रोक्न अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमा परराष्ट्रमन्त्री डा. प्रकाशशरणले सीमा क्षेत्रमा हुने आतंकवादविरुद्ध भारतको लडाइँमा नेपालको पनि साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्