
काठमाडौं, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन शुक्रबार पनि केही प्रभावित भएको छ ।
राष्ट्रपतिको पूर्वनिर्धारित सवारी समयअनुसार ट्राफिक प्रहरीले अन्य सवारी सञ्चालनमा रोक लगाएकाले सवारी व्यवस्थापन प्रभावित हुने भएको हो । राष्ट्रपति मुखर्जीको भ्रमणको तेस्रो दिन बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा यातायात प्रभावित भएको थियो । मुखर्जी १० बजे जनकपुर जाने कार्यक्रम अनुसार त्यस क्षेत्रको सवारी केहीबेर अबरुद्ध भएको हो ।
दिनभर भने यातायात सञ्चालनमा कुनै समस्या नहुने र अपराह्न पुनः केहीबेर यातायात सञ्चालनमा रोक लगाइने महानगरीय ट्राफिक प्रहरीले महाशाखाले जनाएको छ । राष्ट्रपति मुखर्जी आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ । त्यसपछि भने सबै सडकमा नियमित सवारी सञ्चालन गर्न सकिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्