३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


शिक्षा नियमावली आउन अझै समय लाग्ने


0
Shares

काठमाडौं, कात्तिक १९ । शिक्षा ऐन (आठौं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ ।

गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ ।

नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल छ ।

एक महिनाअघि शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा यही कात्तिक २५ भित्र नियमावली जारी गर्ने उल्लेख थियो । यस्तै, कात्तिक २१ गतेभित्र राष्ट्रिय शिक्षा आयोग गठन गर्ने उल्लेख थियो ।

मन्त्रालयले सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा नियमावली निर्माण कार्यदल गठन गरेको थियो ।

शिक्षा राज्यमन्त्री धनमाया विकले नियमावली ल्याउने र आयोग गठन गर्ने कार्य तयारीमै रहेपनि दसैं, तिहार, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण, छठ बिदाजस्ता कारण केही समय लाग्नसक्ने बताइन् ।

उनले मन्त्रालयले तोकिएको समयमै काम गर्ने तयारी गरेपनि केही दिन प्रभावित भएकाले सकेसम्म चाँडै नियमावली जारी गरिने बताइन् । रासस