३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन


0
Shares

काठमाडौं, कात्तिक १९ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको विश्वास गर्दै नेपालका राष्ट्रपतिको भारत भ्रमणका लागि तयारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीच देखिएको दुरी कम गरेको ठहरसहित राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणका लागि तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले उच्चपदस्थ व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन सरकार सफल रहेको निष्कर्ष पनि निकालेको छ ।

नियुक्तिको निर्णय
सरकारले निक्षेप तथा कर्जा सुरक्षण निगमको अध्यक्षमा राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद बैठकले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक संसदको विधायन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी, उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिको अध्यक्षमा बुद्धिबहादुर नेपाललीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।