Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


भारतीय राष्ट्रपति मुखर्जीले यसरी गरे नेपालीहरुको प्रशंसा (भिडियोसहित)


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भूतपूर्व गोर्खा सैनिकहरु नेपाल–भारत मित्रताको आधारस्तम्भ रहेको बताएका छन् ।

पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा शुक्रबार अपराह्न आयोजित भारतीय भूपूगोर्खा सैनिकहरुलाई सम्बोधन गर्दै मुखर्जीले हाल पनि भारतीय सेनामा ३२ हजार नेपाली सेना कार्यरत् रहेको जानकारी दिँदै एक लाख २६ हजार सेवानिवृत्त सैनिक नेपालमा रहेको बताए ।

मुखर्जीले गत वर्ष मूल पेन्सनमा अढाइगुना बृद्धि गरिएको जानकारीसमेत दिए ।

परापूर्व कालदेखि नेपाल र भारतबीच घनिष्ठ, बहुमुखी, सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको भन्दै उनले भारतले नेपालमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा सहयोग गर्दै आएको र भारतीय सेनाका आश्रित बालबालिकाका लागि छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

भारतमा नेपालीहरुले कर्तव्यनिष्ठपूर्वक सेवा गरेर नाम कमाएको भन्दै उनले नेपालीहरुको प्रशंसासमेत गरे ।

दुई देशबीच कायम रहँदै आएको दुई सय वर्षदेखिको सम्बन्धलाई अझ दीगो राख्नु सबैको कत्र्तव्य भएको मुखर्जीको भनाइ थियो ।

उनले भारत सरकार पुनःनिर्माणका लागि नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढ्ने भन्दै दुई देशको सम्बन्ध सुधार्ने काममा लाग्न पूर्र्वसैनिकहरुलाई आग्रह पनि गरे ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर हुँदै पोखरा पुग्दा उनलाई पोखरा विमानस्थलमा भव्य स्वागत् गरिएको थियो ।

भिडियो हेर्नुहोस्

Skip This