३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


महाकाली सन्धिदेखि १२ बुँदे सम्झौतामा मुखर्जीको भूमिका, भ्रमणको उपलब्धि के ? (भिडियो रिपोर्ट)


0
Shares

सरस्वती कर्माचार्य/नवीन स्थापित (इमेज)
काठमाडौं, कात्तिक १९ । १८ वर्षको लामो अन्तरालपछि भएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमणले डेढ वर्षअघि नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सहजीकरण गर्ने काम गरेको छ ।

आफ्नो चाहनाअनुरुप नेपालले नयाँ संविधान जारी नगरेको भन्दै भारतीयपक्षले एकाएक दुई देशबीचको सम्बन्धमा गतिरोध सिर्जना गरेपछि नेपाल–भारत सम्बन्धमा असहज र आशंकापूर्ण अवस्थामा रुमल्लिन पुग्यो । जुन अझै पनि सहज भइसकेको छैन ।

यही असहज परिस्थितिमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीन दिने राजकीय भ्रमण गरेका छन् । जुन भारतका राष्ट्रपतिका तर्फबाट १८ वर्षपछि उच्चस्तरको भ्रमण भएको हो ।

यो भ्रमण भारतीयपक्षले लगाएको नाकाबन्दीबाट दुखेको नेपालीको मनमा मल्हम लगाउने सफल हुनसक्ने कूटनीतिक क्षेत्रका व्यक्तिहरु बताउँछन् ।

भारतीय राष्ट्रपति मुखर्जी स्वयंले पनि सम्बन्ध राम्रो दिशातर्फ अघि बढिरहेको तर अझै थुप्रै काम गर्न बाँकी रहेको बताइ सकेका छन् ।

भारतीय राष्ट्रपतिको यो भ्रमण केवल राष्ट्रपतिको हैसियतले मात्र होइन, नेपाललाई राम्रोसँग बुझेको र नेपालको शान्ति–प्रक्रियामासमेत संलग्न व्यक्तिको हैसियतले पनि महत्वपूर्ण रहेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउँछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्