काठमाडौं, कात्तिक १९ । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार सुनको मूल्य तोलाको ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९८ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्