Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


एन्ड्रिज हाइड्रोको ‘ग्राहक दिवस–२०१६’ कार्यक्रम सम्पन्न


0
Shares

काठमाडौं, कात्तिक १९ । जलविद्युत्का लागि आवश्यक इलेक्ट्रो मेकानिकल उपकरण तथा सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनी एन्ड्रिज हाइड्रोले आयोजना गरेको ‘ग्राहक दिवस–२०१६’ कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीले यसबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा एन्ड्रिज हाइड्रो इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोसेफ उल्मरले यस कार्यक्रमबाट ग्राहकहरुसँग जोडिने अवसर प्राप्त भएको तथा जलविद्युत्का क्षेत्रमा कार्यरत् व्यक्ति तथा संस्थाहरुलाई कम्पनीको प्रतिबद्धताकाबारेमा जानकारी गराउन सफल भएको बताए ।

कार्यक्रममा एन्ड्रिज हाइड्रोले नेपालको जलविद्युत् क्षेत्रमा पुर्‍याउनसक्ने योगदानको विषयमा प्रस्तुति दिएको थियो ।

साथै कम्पनीका विशेषज्ञहरुले नवीनतम् प्राविधिक विकास तथा नेपालको आवश्यकताअनुरुपको समाधानको विषयमा जानकारी गराएका थिए ।

सबै किसिमका पावर प्लान्टका लागि आवश्यक सेवा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

कम्पनीको संलग्नतामा नेपालमा ११७ मेगावाटको परियोजना सन्चालनमा रहेको तथा ७ सय मेगावाटको परियोजना निर्माणको क्रममा रहेको जनाइएको छ ।