Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


रसुवागढी जलविद्युत आयोजनाको काम फेरि सुरु


0
Shares

रसुवा, कात्तिक २० । भूकम्प र नाकावन्दीले एक वर्षभन्दा बढी बन्द भई थलिएको रसुवागढी जलविद्युत आयोजनाको कामले गती लिने भएको छ ।

चीनियाँ ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले निर्माण स्थलमा सुरक्षाको कारण देखाउँदै काममा नआए पछि बन्द भएको काम लामो वार्तापछि चीनियां ठेकेदार काममा फर्किने सहमत भए पछि कामले गति लिने भएको हो ।

वर्षातका कारण लगातार पहिरो र ढुङा खस्न नरोकिए पछि सीडब्ल्यूईले सुरक्षाको कारण देखाउँदै एक पक्षीय रुपमा काम पूर्ण रुपमा बन्द गरेको थियो ।

एकसय एघार मेघा वाट क्षमताको आयोजना आगामी भदौमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन २०१९ को मध्यमा सम्पन्न हुने संभावना बढेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए ।

अहिले सम्म आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ ।