३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


म्याग्दीमा ६ वटा स्थानीय तह बनाउने सहमति


0
Shares

म्याग्दी, कात्तिक २० । म्याग्दीका राजनीतिक दलबीच एक नगरपालिका र पाँच गाउँ पालिकासहित ६ वटा स्थानीय तह बनाउने सहमति भएको छ ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरमा गरेको संख्या र सिमाना निर्धारणसम्बन्धी गोष्ठीमा आयोगको मापदण्डभित्रै प्रस्ताव गरिएको समितिका संयोजक एवं स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले बताए ।

उनले विवादित केन्द्रको निर्णय गर्ने जिम्मा आयोगलाई सुम्पिएको जानकारी गराए ।

आयोगले म्याग्दीलाई न्यूनतम ३ देखि अधिकतम ६ वटा स्थानीय निकायको प्रस्तावको मापदण्ड बनाएपछि दलहरुबीच सहमति भएको हो ।