
काठमाडौं, कात्तिक २० । बागमती नदी सफाई अभियानका अभियन्ता पूर्व मुख्यसचिव लिलामणि पौडेललाई अभिनन्दन गरिएको छ ।
बाग्मती सफाईमा मुख्य अभियन्ताको रुपमा रहेर संस्कृतिको संरक्षण र चेतना विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुडासैनी मैत्री समाज जोरपाटीले अभिनन्दन गरेको हो ।
पौडेललाई अभिनन्दन गर्दै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सभ्यताको विकासको आधार सफाई अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
बाग्मती सफाई अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने भन्दै उनले अभियानलाई सामाजिक कार्यका रुपमा अगाडि बढाउन आह्वान गरे ।
बाग्मती नदी सफाईका लागि सरकार गम्भीर रहेको र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती सफाईका अभियन्ता लिलामणी पौडेलले बागमती सफाई अभियानले निरन्तरता पाउने बताए ।
बागमती नदी सभ्यता र संस्कृतिको धरोहर भएको भन्दै उनले आफू चीनमा राजदूतका रुपमा रहँदासमेत बागमती सफाई अभियानलाई सहयोग रहने वचन दिए ।
प्रतिक्रिया दिनुहोस्