फाइल फोटो
मोरङ, कात्तिक २० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सातपटकसम्म समय तोकिसक्दासमेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने–‘तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।’
सन्चारकर्मीको अर्काे प्रश्नमा उनले संविधान संशोधन गर्नेबारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने बताए ।









प्रतिक्रिया दिनुहोस्