
काठमाडौं, कात्तिक २० । कविराज दशरथमान सिंहको संस्मरणात्मक कृति ‘त्यो समय त्यो परिवेश’को विमोचन गरिएको छ ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शनिबार राजधानीमा पुस्तक विमोचन गरेका हुन् । न्हुजः गुठीले पुस्तकको प्रकाशन गरेको हो ।
पाल्पाको तानसेनमा जन्मेर जीवनको अधिकांश समय त्यहीँ व्यतित गरेका सिंहले आफूले देखेका, भोगेका र सुनेका कुराहरुलाई यो कृतिमा समावेश गरेको बताए ।
लामो समय आयुर्वेद चिकित्सा पेसामा संलग्न रहेका सिंहले त्यस समयको ऐतिहासिक, शैक्षिक, सामाजिक, प्रशासनिकलगायतका पक्षहरुमा तानसेनको सेरोफेरोमा केन्द्रित स्मरणभित्रका प्रेरणादायी प्रसंगहरु पुस्तकमा उल्लेख गरेका छन् ।
उनका अनुभवहरु भावीपुस्ताका लागि महत्वपूर्ण हुनुका साथै त्यसबखतको तानसेन पाल्पाको परिवेश बुझ्न सघाउ पुर्याउने प्रकाशकको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्