डडेल्धुरा, कात्तिक २१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आगामी चैतमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।
आइतबार डडेल्धुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सरकार स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको बताए ।
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै उनले संविधान कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचनका लागि पनि कांग्रेसले नै अग्रसरता लिने बताए ।









प्रतिक्रिया दिनुहोस्