म्याग्दी, कात्तिक २१ । व्यावसायिक रुपमा मौरीपालन शुरु गरेसँगै म्याग्दी बेनी नगरपालिका–१२ डडुवाकी मौरीपालक कृषक रामकुमारी खत्रीले आफ्नो आर्थिक हैसियत उकासेकी छन् ।
वार्षिक एक लाखभन्दा बढी आम्दानी गरेर उनले आफ्नो आर्थिक स्तर उकासेकी हुन् । दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रुपमा मौरीपालन गरेकी उनको घरमा ५५ ओटा मौरीका घार छन् ।
एउटै घारबाट राम्रो भएमा ८ केजीसम्म मह उत्पादन हुने खत्रीको भनाइ छ । डडुवामा उत्पादित मह छिमेकी गाउँ र म्याग्दी जिल्लामा पुग्ने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्