काठमाडौं, कात्तिक २१ । आइतबार सुनको मूल्यमा बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ५७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलाको ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय ३० मा कारोबार भएको महासंघले जनाएको छ ।
आइतबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ४ डलर हाराहारीमा कारोबार भईरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्