Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एनसेलले ल्यायो ‘रोमिङ कम्बो प्याक’


0
Shares

काठमाडौं, कात्तिक २१ । निजी क्षेत्रको मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि ‘रोमिङ कम्बो प्याक’ योजना ल्याएको छ ।

यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा कर सहितमात्र रु १,५०० मा भ्वाइस, एसएमएस र डेटा प्याकको प्रयोग गर्न सक्ने भएका छन् । यो योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यही कात्तिक २२ देखि लागू गरेको कम्पनीले जनाएको छ ।