Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


भारत र चीनका लागि नवनियुक्त नेपाली राजदूतको यस्तो छ योजना


0
Shares

काठमाडौं, कात्तिक २१ । छिमेकी मुलुक चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरुले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तर्क्रियामा भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्याय र चीनका लागि राजदूत लीलामणि पौड्यालले वातावरणको क्षेत्रमा साझा हितका लागि आफूहरुले भूमिका खेल्ने बताए ।

राजदूत उपाध्यायले २१ औं शताब्दी पानीको शताब्दी भएको भन्दै त्यसको उपयोगका लागि नेपालले राष्ट्रिय सोच बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै राजदूत पौड्यालले वातावरण सम्बद्ध तथ्यांक संकलन, क्षमता अभिवृद्धि र साझा मुद्दामा चीनसँग सहकार्यका लागि आफूले पहल गर्ने बताए ।

केही महिनाअघि भोटेकोसी नदीमा बाढी आउँदा सो नदीको उद्भव तिब्बतमा त्यसको अवस्थाबारे नेपालले जानकारी नपाउँदा समस्या परेको स्मरण गर्दै उनले सीमा जोडिएका नदीको अवस्थाको विषयमा तथ्यांक आदानप्रदान गर्न आफूले चीनसँग कुरा राख्ने बताए ।