Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


समानान्तर महाधिवेशन गर्ने तरुण दल असन्तुष्टको चेतावनी


0
Shares

भक्तपुर, कात्तिक २२ । नेपाल तरुण दलको असन्तुष्ट पक्षले आफूहरुलाई बेवास्ता गरी कात्तिक २७ देखि पोखरामा महाधिवेशन गरिए समानान्तर महाधिवेशन गर्ने चेतावनी दिएको छ ।

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले ‘हठातरुपमा पोखरामा महाधिवेशन गर्ने घोषणा गरिएको’ भन्दै त्यसो गरे सोही स्थानमा समानान्तर अधिवेशन गर्ने चेतावनी दिएका हुन् ।

सो अवसरमा तरुण दलका अर्का सदस्य मेदनी सिटौलाले एकपक्षीयरुपमा सदस्यता वितरण गरी एकपक्षीयरुपमै महाधिवेशन गर्न खोजिएको भन्दै आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए ।

कार्यक्रममा तरुण दलका अरु सदस्यहरुले एकपक्षीयरुपमा महाधिवेशन गर्ने काम पार्टी (नेपाली कांग्रेस) सभापति शेरबहादुर देउवाका लागि घातकसिद्ध हुने बताएका थिए ।

Skip This