भैरहवा, कात्तिक २२ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका गलत माग सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले सोमबार भैरहवामा गरेको पत्रकार भेटघाटमा उनले अहिलेको संविधान विश्वकै उत्कृष्ट संविधान बनेको ठोकुवा गरे ।
देशलाई बहुराष्ट्रिय बनाउने, अंगीकृतलाई राज्यका उपल्लो तहमा पुर्याउने र सीमांकन उनीहरुले भनेजस्तो हुनुपर्ने माग कुनै हालतमा पूरा नहुने खनालको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्