१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


खाजा खर्चबारे अनावश्यक हल्ला : प्रधानमन्त्री कार्यालय


0
Shares

काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही सन्चारमाध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले वेबसाइटमा राखेको खाजा खर्चबापतको रु सात लाख गत साउनदेखि हालसम्मको भएको स्पस्ट पारेको छ ।

साथै, सो रकम प्रधानमन्त्रीकोमात्र नभइ निजामती सेवा दिवससम्बन्धी बैठक, मन्त्रिपरिषद बैठक, भौतिक पूर्वाधार विस्तारसम्बन्धी बैठकलगायत साप्ताहिक र अपर्झटरुपमा बस्ने बैठककोसमेत खर्च भएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका प्रवक्ता दामोदर रेग्मीले सोमबार एक विज्ञप्ति जारी गरी जनसाधारणमा भ्रम पैदा हुने यस किसिमका गलत सन्देश प्रवाह नगरिदिन अनुरोध पनि गरेका छन् । रासस