काठमाडौं, कात्तिक २२ । सोमबार शेयर बजार ओरालो लाग्यो ।
कारोबारको सुरुआती केही समय स्थीरजसो रहेको बजार परिसूचक नेप्से केही समयमै ‘वियरिष ट्रेन्ड’मा गइ बजार रोकिँदा १३ अंकले ऋणात्मक रही १७ सय ४९ मा आएर थामियो ।
होटल र वित्तबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च ४९ अंकको गिरावट आयो । उत्पादनमूलक समूह ३२ अंकले झर्यो । जलविद्युत् समूहमा २१ अंक र वाणिज्य बैंक समूहमा पनि १८ अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ८ लाख ८१ हजार कित्ता शेयर ६९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्